नेभिगेशन
मनोरञ्जन

रि–इम्याजिन ट्रेडिसन कला प्रदर्शनी

काठमाडौंको नक्सालमा विद्यार्थीका सिर्जनाको प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङको शिल्पकला तथा डिजाइन संकायका विद्यार्थीद्वारा कार्यशालामा सिर्जित कलाकृति प्रदर्शनी गरिएको हो ।

‘रि–इम्याजिन ट्रेडिसन–२’ शीर्षकमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अहिलेका विद्यार्थी नै पछि देशको हरेक क्षेत्रमा नेतृत्व गर्ने पुस्ता भएको बताउँदै सिर्जनशीलतामा लाग्न आह्वान गरे । औद्योगिक डिजाइनर माइक कारझेइकका अनुसार यो प्रदर्शनी नितान्त विद्यार्थीहरूको स्वसिर्जना हो । प्रदर्शनीमा भौतिक र अभौतिक सम्पदा, संस्कृति झल्किने हस्तकलाका कलाकृति रहेको जानकारी उनले दिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिपार्टमेन्ट अफ आर्ट एन्ड डिजाइनका प्रमुख सागर मानन्धरले रैथाने शिल्प–हस्तकलाको ज्ञानलाई समाजमा विस्तार गर्न पाठ्यक्रम नै लागू गरेर जानुपर्ने बताए । प्रतिष्ठानसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पनि उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन