नेभिगेशन
मनोरञ्जन

याक्थुङ समुदायको कथामा ‘मिम्लेन फुङ’

याक्थुङ समुदायको भाषा, पहिचान र सामाजिक जीवनलाई मौलिक शैलीमा प्रस्तुत गर्ने उद्देश्यले निर्मित कथानक फिल्म ‘मिम्लेन फुङ’ प्रदर्शनको संघारमा छ । याक्थुङ आर्ट फिल्म्सको ब्यानरमा बनेको फिल्मले प्रेम, सामाजिक संरचना, पहिचान र आत्मसम्मानका संघर्षलाई कथाको मूल केन्द्रमा राख्छ ।

निर्देशक रवि शेर्माका अनुसार फिल्मको छायांकन ताप्लेजुङका सिकैचा, कुन्जारी, पाङभे, हेन्छेबुङ र वरुक्पामा गरिएको छ, जसले ग्रामीण यथार्थ र स्थानीय जीवनशैलीलाई अत्यन्त सजीव बनाएको छ । दृश्यहरू गाउँको दैनिकी—घरायसी गतिविधि, सामूहिक भेटघाट, चरन पाखाका धुन, पालाम–यालाङजस्ता सांस्कृतिक अभ्याससँग जोडिएका छन्, जसले यसलाई केवल मनोरञ्जनभन्दा बढी सांस्कृतिक दस्तावेजको रूप दिन्छ । स्थानीय बोली, पहिरन, संस्कार र वातावरणलाई जस्ताको तस्तै समावेश गरिएकाले कथामा कुनै बनावटीपन नभएको शेर्माको भनाइ छ ।

कथाको केन्द्रमा हरिमाया (हरिमाया मादेन) र तीनताले ठूले (जीवन केदेम्बा) को प्रेमयात्रा छ । बाल्यकालदेखि सुरु भएको सम्बन्ध समाजका परम्परागत बन्धन, पारिवारिक दबाब र सामाजिक मान्यताका कारण विवाहमा परिणत हुन सक्दैन । सामाजिक बाधाबाट निस्कन खोज्दै हरिमाया भारतीय सेनामा कार्यरत छेवाङ तामाङसँग विवाह गर्छिन्, तर छेवाङको युद्धमा मृत्यु भएपछि उनी ‘पोइ टोकुवा’, ‘अलच्छिनी’जस्ता अपमानजनक आरोपबीच कष्टपूर्ण जीवन बिताउन बाध्य हुन्छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन