नेभिगेशन
साहित्य

‘वनफूलको विद्रोह’ कृति विमोचन

सभ्यता अन्वेषण केन्द्रले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवयित्री निरञ्जना चन्द ‘निरु’द्वारा रचित कविता कृति ‘वनफूलको विद्रोह’ विमोचन गरिएको छ । विविध साहित्यिक व्यक्तित्व, भाषाविद्, अध्येता तथा कलाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा सो कविता कृति विमोचन गरिएको हो । विमोचन समारोहका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले कृतिको चर्चा गर्दै कवयित्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, अनुभूति र मानवीय संवेदनशीलतालाई सशक्तरूपमा अभिव्यक्त गर्ने खालका रहेको उल्लेख गरे । ‘म २०७८ सालको प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवदेखि नै कवयित्री चन्दको लेखकीय क्षमता र उहाँको भावनात्मक गहिराइबाट प्रभावित भएको छु,’ उप्रेतीले स्मरण गर्दै भने, ‘चन्दका कविताहरू मार्मिक छन्, तिख्खर छन् र पाठकको अन्तरमनलाई छुने शक्तिले भरिपूर्ण छन् ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्