नेभिगेशन
मनोरञ्जन

आज सकिँदै मानव अधिकार फिल्म फेस्टिभल

काठमाडौंमा जारी १३औं मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको सोमबार आज अन्तिम दिन हो । ४२ वटा फिल्मले सहभागिता जनाएको यस महोत्सवले ‘न्यायिक समाजका लागि राम्रा फिल्म’ नारा बोकेको छ ।

२५ गतेदेखि सुरु भएको यस महोत्सवमा नेपाली पनोरमा शीर्षकमा नीलो आका, द कल, लाइफ आफ्टर टर्चर, साइलेन्ट स्कार्स, मर्स्याङ्ग्दीवाइल रिबा, अनटचेबल, द विटनेस ट्री, करुणा, इकोज अफ होप, माइतीद्दर, रिहान्ना, शबनम, ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन, एबिस विनिद द ब्लूज, कामना, कलर अफ ट्री प्रदर्शन भएका थिए ।

सर्ट फिक्सनअन्तर्गत विदेशी विधामा भारत, पाकिस्तान, क्यानडा, फिलिपिन्स, बेल्जियम, चिनियाँ फिल्महरूले सहभागिता जनाएका छन् । त्यस्तै सर्ट डकुमेन्ट्री विधामा विभिन्न देशका आठ डकुमेन्ट्री प्रतिस्पर्धामा छन् । फिचर डकुमेन्ट्रीमा तीन वटा डकुमेन्ट्रीको प्रतिस्पर्धा हुनेछ । यस पटकका अधिकांश फिल्म बहुमुलुक निर्मित डकुमेन्ट्रीहरू रहेका छन् ।

फिचर फिक्सन विधामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भारतबाट आजूर र लाप्टेन, नेपाल र अमेरिकाको संयुक्त निर्माण रहेको शक्ति पनि प्रतिस्पर्धामा रहेका छन् । महोत्सव चलचित्र विकास बोर्डको हल र पर्यटन विकास बोर्डको हलमा फिल्म तथा डकुमेन्ट्री प्रदर्शनरत छन् । पर्यटन विकास बोर्डमा भने युवा चित्रकारहरूले प्रत्यक्ष चित्र बनाउने र तिनलाई प्रदर्शन गर्नेसमेत गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन