नेभिगेशन
मनोरञ्जन

पोलिनाले एनिमेसन सिकाउने

युक्रेनी सिनेकर्मी पोलिना पिड्दुब्नाले काठमाडौंमा नयाँ पुस्ताका सिनेमा सर्जकहरूलाई भेट्न चाहेकी छन् । उनले तारागाउँ म्युजियममा पुस १२ र १३ गते स्पटमोसन एनिमेसन कार्यशाला गर्ने भएकी छन् ।

एनिमेसन भिडियो बनाउने र त्यसमार्फत मानव संवेदनालाई उजागर गर्ने कलाका आफूले जानेका कुरा सिकाउने उनले बताएकी छन् । पोलिना नयाँ पुरस्ताकी फिल्म निर्देशक तथा रचनात्मक कथावाचक हुन् । विशेषगरी छोटो र फिचर फिल्ममार्फत भावनात्मक, मानवीय सम्बन्ध र व्यक्तिगत अनुभवहरूलाई संवेदनशील ढंगले प्रस्तुत गर्न पोख्त सिनेकर्मीका रुपमा उनले निकै छोटो समयमा ख्याति कमाएकी छन् ।

जर्मनीको बर्लिन पोट्सडममा बसेर फिल्म अध्ययन र सिर्जना कार्यमा क्रियाशील पूर्वी युक्रेनको खार्किभकी पोलिनाले सन् २०१९ मा ’अन द स्वीङ’ ल्याइन । छोटो फिल्म, जसमा सम्बन्ध, सम्झना र क्षणिक भावनाहरूलाई सरल तर प्रभावकारी तरिकाले देखाइएको छ । सन् २०२२ मा उनको ’एच सो’ आयो । यो फिल्मले उनलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गर्‍यो । दृश्यात्मक शैली र सूक्ष्म भावनात्मक कथन यसको विशेषता मानिन्छ । चालु वर्ष उनले ’माइ ग्रान्डमदर इज अ स्काइडाइभर’ ल्याइन, जो कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । यसमा नयाँ र पुरानो पुस्ताबीचको सम्बन्ध, स्मृति र पहिचान जस्ता विषयमा केन्द्रित अपेक्षित काम देखाइएको छ । फिल्म निर्माता तथा कलाकार पोलिनाले एनिमेसनमा स्नातक गरेकी छन् । उनी हाल पोट्सड्यामको फिल्म युनिभर्सिटी बेबल्सवर्ग कोनराड वल्फमा एनिमेसन निर्देशकको रूपमा कार्यरत छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन