नेभिगेशन
साहित्य

लम्सालको ‘कल्प’ काव्य

सर्जक नवराज लम्सालको महाकाव्य ‘कल्प’केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ । सोमबार साँझ आयोजित कार्यक्रममा लम्सालले आफ्नो महाकाव्य ‘कल्प’का हरफहरू सुनाइरहँदा ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थिए ।

कल्प महाकाव्य प्रकृति, संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य कल्पका हरफ तथा केही निजी सन्दर्भ सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो । यसरी बाँसुरीसहित महाकाव्य लिएर डा. लम्साल मञ्चमा पहिलोपटक भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्