अमेरिकी एलिट वर्ग र बेलायतीमाझ मेगनका ससाना कुरा पनि निकै चासोमा पर्ने गरेको छ । अहिले यतिबेला उनले एउटा चलचित्रमा छोटो समयका लागि पर्दामा देखिने कुराको निकै होहल्ला गर्न थालेका छन् ।
बेलायती राजकुमार ह्यारीसँग बिहे हुनुअघि उनलाई डचेज अफ ससेक्स भनिनुभन्दा पहिले मेघन मार्कलको नामले चिनिन्थिन् । उनी ‘क्लोज पर्सनल फ्रेन्ड्स’ नामक चलचित्रमा सानो भूमिका (क्यामियो) मा देखिनेछिन् । ‘भेराइटी’ पत्रिकाका अनुसार यस चलचित्रमा लिली कोलिन्स, ज्याक क्वाड, ब्री लार्सन र हेनरी गोल्डिङको मुख्य भूमिका रहेको छ र हाल यसको छायाङ्कन लस एन्जलस क्षेत्रमा भइरहेको छ ।
हालकी डचेस अफ ससेक्स पहिले लोकप्रिय कानूनी टेलिभिजन ड्रामा ‘सुट्स’की कलाकार थिइन्, तर आठ वर्षअघि राजकुमार ह्यारीसँगको इन्गेजमेन्ट घोषणा गरेपछि उनले उक्त भूमिका छोडेकी थिइन् ।
‘सुट्स’ भन्दा अगाडि उनी ‘हरिबल बोसेस’ र ‘रिमेम्बर मी’ लगायतका धेरै चलचित्रहरूमा पनि देखा परेकी थिइन् ।
मेगन आफ्ना विभिन्न बिजनेसमा व्यस्त छिन् ।
नेटफ्लिक्समा उनको सिरिज ‘विथ लभ, मेगन’ चाँडै नै बजारमा आउने भएको छ भने उनले जाम, चिया, मैनबत्ती र वाइन उत्पादन गरेर ‘एज एभर’ ब्रान्डिङमा कम्पनी चलाइरहेकी छन् ।