नेभिगेशन
साहित्य

‘पुरानो पन्ना’ सार्वजनिक

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूले सिर्जना गरको े संकलित साहित्यिक कृति ‘पुरानो पन्ना’ पुस्तक सार्वजनिक गरिएको छ । अन्र्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा बिहीबार काठमाडांैको सुकेधारामा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । ‘पुरानो पन्ना’ आप्रवासी श्रमिकहरूका आक्रोश र अभिव्यक्तिको मञ्च बनेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकले श्रम मात्रै नभई, बचेको समयमा विगत, वर्तमान र भविष्यलाई सम्झिदै काव्यिक सिर्जनशीलतामा पनि समय बिताउने गरेका छन् । श्रमिकको भावना र भोगाइलाई लेखनकलाका माध्यमबाट प्रस्फुटन गराउन श्रमिक सञ्जालले ‘पुरानो पन्ना’ काव्य संग्रह प्रकाशन गरेको छ । जसमा कतार, साउद अरेबिया, ओमान, बहराइन, कुवेत, यूएई र मलेसियामा कार्यरत र वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूले रचेका १०८ वटा कविता, गजल, मुक्तक र भावनात्मक रचना समेटिएका छन् । आफ्ना जीवन्त भोगाइलाई स्वाभाविक र प्रभावशाली भाषामा श्रमिकहरूका वास्तविक भावना र अनुभवको शक्तिशाली अभिव्यक्ति पनि बनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्