नेभिगेशन
राजनीति

सभामुख यादवद्वारा शपथ ग्रहण

धनुषा । मधेस प्रदेशसभाको तेस्रो सभामुखको रुपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आइतबार जनकपुरधाममा एक समारोहबीच यादवलाई सभामुख पदको शपथ गराएका हुन् । उनले मैथिली भाषामा शपथ ग्रहण गरेका हुन् ।

शिक्षक र पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका यादव यसअघि प्रदेश सभामा जसपा नेपालको प्रमुख सचेतक थिए । प्रदेशसभा बैठकमा आइतबार नै भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादव निर्वाचित भएका हुन् । उपसभामुख बबिता राउत इशरले सभामा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिँदै निर्वाचित भएको घोषणा गरेकी हुन् । यादवलाई सभामुखमा निर्वाचित गर्न कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए । प्रदेश सभामा यादव धनुषा–२ (ख) बाट दोस्रो पटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्