नेभिगेशन
राजनीति

तात्कालिक विकल्प

राष्ट्रिय सभा बैठकका लागि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हललाई मर्मत र बिस्तार गरिँदै । भदौ २४ मा गरिएको आगजनीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षतिग्रस्त भएको छ । सिंहदरबारभित्र निर्माणाधीन संसद्को नयाँ भवन तयार भइसकेको छैन । त्यसैले राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि विकल्प खोजिएको हो । निर्माणाधीन बैठक कक्षमा सभाहलसँगै राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसद जाने बाटो पनि तयार गरिँदैछ भने दर्शकदीर्घा, सञ्चारकर्मी बस्ने गरी तयारी गरिँदै छ । सभा हल पुस १५ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम भइरहेको छ । तस्बिर :नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्