नेभिगेशन
साहित्य

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं । ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं अन्तरक्रिया सम्पन्न भएको छ । प्रतिष्ठानको सहकार्यमा पर्वतको भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका र फलेवास–५ ले सोमबार आयोजना गरेको ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रममा विद्यार्थीलाई कला र सीपबारे प्रशिक्षण दिइएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकलाका विविध आयाम, क्षेत्रको चर्चा गर्दै यस क्षेत्रको उत्थान, प्रवर्धनमा प्रतिष्ठानले काम गर्दै आएको र ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गर्दै देशका सबै ललितकलाकर्मी तथा नवपुस्तालाई समेट्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए ।

भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको उजागरका लागि यस किसिमको प्रतियोगिताले थप ऊर्जा थप्ने बताए । सो अवसरमा स्थानीय कलाकारको सहभागितामा कला कार्यशाला तथा डिजिटल कला प्रदर्शनीसमेत गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्