नेभिगेशन
स्वास्थ्य

सिभिल अस्पतालको सेवा विस्तार

काठमाडौं । निजामती कर्मचारी अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालले न्यूरोसर्जरी र न्युरोलोजिष्ट सेवा सुरु गरेको कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

टाउकोमा चोटपटक लागेका गम्भीर प्रकारका बिरामीलाई सेवा दिन न्युरोसर्जरी सुरु गरिएको उनले बताए । न्युरोसर्जरीमा टाउकोको चोट, ट्युमर, ढाडको समस्या, स्ट्रोक जस्ता रोगको उपचार गरिन्छ । न्यूरोसर्जरी १५ वर्षभन्दा माथिको लागि उपचार गरिन्छ । न्युरोलोजिष्ट सेवाबाट भने बच्चाको मस्तिष्क, मेरुदण्ड, र स्नायु प्रणालीसम्बन्धी रोगको उपचार गरिन्छ । न्यूरोलोजिष्टमा बच्चाको टाउको दुख्ने, छारेरोग, पक्षघात अल्जाइमर, स्नायु कमजोरीजस्ता विभिन्न स्नायुजन्य उपचारको गरिन्छ । यस्तै अस्पतालले यसै वर्षदेखि निजामती कर्मचारीका लागि स्वास्थ्य बीमा कार्यक्रम पनि सुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्डसँग सम्झौता प्रक्रिया अगाडि बढाइएको अस्पतालका कार्यकारी निर्देशक डा. रेग्मीले जानकारी दिए ।

अस्पतालले मुटुरोग उपचारका लागि ‘क्याथल्याब’ सेवा पनि विस्तार गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्