नेभिगेशन
मनोरञ्जन

संन्यासको घोषणा

दक्षिण भारतीय प्रसिद्ध अभिनेता थलापति विजयले अभिनयबाट संन्यासको घोषणा गरेका छन् । ३३ वर्षको करिअरपछि उनले फिल्म उद्योगबाट बिदाइ हुने निर्णय गरेका छन् । उनले १० वर्षको उमेरमा तमिल फिल्म ‘वेत्री’ मा बालकलाकारका रूपमा करिअर थालेका थिए । १८ वर्षको उमेरमा, उनले नालैया थीरपु (१९९२) फिल्मबाट अभिनयलाई पुनः निरन्तरता दिए । विजयले शनिबार मलेसियामा निर्देशक एच विनोदको फिल्म ‘जाना नायकन’ को अडियो लन्चको क्रममा यो घोषणा गरेका हुन् । उनी हाल ५१ वर्षका छन् र ‘जाना नायकन’ उनको अन्तिम फिल्म हुनेछ । मञ्चबाट उनले अब पूर्णरूपमा राजनीतिमा ध्यान केन्द्रित गर्ने घोषणा गरे । उनले गत वर्ष आफ्नो राजनीतिक दल तमिलगा वेट्री कजगम गठन गरेको र अब उनको दलले सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनाव पनि लड्ने बताए ।

फ्यानलाई सम्बोधन गर्दै विजयले भने, ‘मेरा लागि एउटै कुरा मात्र महत्त्वपूर्ण छ । मानिस थिएटरमा आउँछन् र मेरा लागि लाइनमा उभिन्छन् । त्यसैले म अर्को ३०–३३ वर्षसम्म उनीहरूको लागि उभिन चाहन्छु। म यी फ्यानहरूका लागि सिनेमाबाट अवकास लिँदैछु।’

उनले करियरको पहिलो दिनदेखि नै आलोचनाको सामना गर्नुपरेको बताए । तापनि उनका फ्यान सधैं उनको साथमा रहे । ३३ वर्षयता पाएको माया र समर्थनलाई कहिल्यै नबिर्सने उनले बताए । सन् २०१५ मा रिलिज भएको फिल्म ‘पुली’ पछि कुनै पनि फ्लप भएका छैनन् । बिस्ट (२०२२), वारिसु (२०२३), र द ग्रेटेस्ट अफ अल टाइम (गोट, २०२४) जस्ता फिल्मले मिश्रित समीक्षा पाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन