नेभिगेशन
साहित्य

बिसुको ‘पागल हुन कहाँ सजिलो छ र ?’

प्रतिलिपि अधिकारका विशेषज्ञ तथा कवि बिसुकुमार केसीको दोस्रो कवितासंग्रह ‘पागल हुन कहाँ सजिलो छ र ?’ प्रकाशित भएको छ ।

हार्डकभरमा प्रकाशित कविता संग्रहमा छ विभिन्न पाटाका ५७ वटा कविताहरू संग्रहित छन् । दुई वटा संग्रह प्रकाशन गरे पनि आफूलाई कविका रूपमा चिनाउन नचाहने केसी आफूलाई कविताप्रेमी वा कविताका पाठकका रूपमा चिनाउन चाहन्छन् । उनी भन्छन्, ‘दर्शन पढ्ने सबै दार्शनिक नभएजस्तै कविता कोर्ने सबै कवि होइनन् । बरु म कविताको लेखनदास चाहिँ भए हुँला ।’

उनी कविता लेख्नु हपहपी गर्मी भएका बेला पोखरीमा हामफाल्नुजस्तो, बेस्सरी थाकेको बेला झपक्क निदाउनुजस्तो वा तनावले तिरिमिरी पारेको बेला ध्यान गर्नुजस्तो हो रहेछ । आफूलाई हलुका पार्न म कविता लेख्दोरहेछु।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्