नेभिगेशन
फोटो स्टोरी

निजी स्कूलहरुको विरोध, चक्रपथ सडकमा स्कूल बसको ताँती

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ ।

उनीहरुको विरोध कार्यक्रमको दोस्रो दिन आज बिहान ११ बजेबाट देशभरका विद्यालयहरूका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् । साथै प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गर्ने बताएका छन् ।

काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण विद्यालयका सवारी साधनहरूले २७ किमि चक्रपथ वरिपरि कालो व्यानरसहित परिक्रमा गर्नेछन् । आज नै दिउँसो १२:३० बजे माइतीघर मण्डलामा भेला भई संघीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।

School-Bus-with-black-banner_NPL-(5)-1755844721.jpeg

School-Bus-with-black-banner_NPL-(6)-1755844722.jpeg

School-Bus-with-black-banner_NPL-(4)-1755844714.jpeg

DSC06949-1755844711.jpg

_SG_6966-1755844710.jpg

DSC06939-1755844705.jpg

_SG_6953-1755844696.jpg

_SG_6955-1755844696.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्