नेभिगेशन
राजनीति

राजेन्द्र महतोको पार्टीमा पहिरो जाँदै, वरिष्ठ उपाध्यक्ष सहितका २ दर्जन बढि केन्द्रीय सदस्यले राजीनामा दिदैं

पार्टी अध्यक्ष राजेन्द्र महतोको तानाशाही र नातावाद शैलीबाट दिक्क भएको भन्दै राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष, प्रवक्ता सहितका २७ जना केन्द्रीय सदस्यहरु सामूहिक राजीनामा दिने निर्णयमा पुगेको श्रोतले बतायो । योसँगै उक्त पार्टीभित्र गम्भिर आन्तरिक असन्तुष्टि र खटपट रहेको सार्वजनिक भएको छ । 

राजीनामा दिने निर्णयमा पुगेकाहरुमा वरिष्ठ उपाध्यक्ष सुमन सायमी समेत छन् । अभियन्ताका रुपमा परिचित सायमसहित प्रवक्ता रविन्द्र कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु बलराम वाग्ले, सावित्रादेवी घिमिरे, शिवेश वज्राचार्य, बेबी राजभण्डारी लगायतले पनि राजीनामा दिने निर्णय गरेको बताइन्छ । काठमाडौं उपत्यका भित्रका यी माथि उल्लेखित पार्टी पंक्तिमा व्यक्तिहरुले राजीनामा दिदाँ राष्ट्रिय मुक्ति पार्टी नै संकटमा पर्ने राजीनमा दिने तयारीमा रहेकामध्येका एक नेताले बताए । 

त्यसो त उपत्यका बाहिरका पनि धेरै केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी गरेको बुझिएको छ । अधिकांस केन्द्रीय सदस्यहरुले राजीनामा दिनुको कारण अध्यक्ष महतोलाई दोषी ठहर्याएका छन् । महतो एकदमै व्यक्तिकेन्द्रीत र महत्वकाँक्षी भएको उनीहरुको आरोप छ ।  

सामूहिक राजीनामा दिएपछि उनीहरुमध्ये धेरैजस्तो नेपाल कम्यूनिस्ट पार्टी प्रवेश गर्ने तयारीमा रहेको श्रोतले जानकारी दियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति