नेभिगेशन
राजनीति

सत्ताको भागबण्डा होइन, निष्ठाको राजनीति: गगनको 'कोर्स करेक्सन' प्रस्ताव

संवाददाता 

काठमाडौं, पुस २८

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा 'बदलिएको समयको कांग्रेसका लागि, बदल्न पर्ने देशका लागि' भन्ने मूल नाराका साथ एक अत्यन्तै धारिलो आत्मसमीक्षात्मक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। काठमाडौँमा जारी पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा सोमबार उनले प्रस्तुत गरेको प्रस्तावले केवल परम्परागत राजनीतिको व्याख्यासँगै कांग्रेसले भोगिरहेको 'विश्वासको संकट प्रासंगिकताको प्रश्न' लाई निर्धक्कसँग उजागर गरेको

२४८८ जना महाधिवेशन प्रतिनिधिहरूको लिखित मागपछि वैधानिक रूपमै बाध्यकारी बनेको यो महाधिवेशनलाई थापाले पार्टी रूपान्तरणको अन्तिम प्रस्थान बिन्दुको रूपमा चित्रण गरेका छन।

महामन्त्री थापाको प्रस्तावको मुख्य केन्द्रविन्दु २०८२ भाद्र २३ २४ गते भएको 'जेनजी' पुस्ताको विद्रोह छ। उक्त विद्रोहलाई बारम्बार असफल भइसकेको नेतृत्वको निरन्तरता, कुशासन भ्रष्टाचार विरुद्धको जन-विस्फोटका रूपमा व्याख्या गर्दै उनले यसलाई नेपाली राजनीतिको विशिष्ट मोड भनेका छन्।

इमानदार स्वीकारोक्ति गर्दै उनले भनेका छन्- 'कांग्रेस संसदको सबैभन्दा ठूलो दल सरकारको हिस्सेदार भएर पनि समयमै विसंगतिहरूलाई रोक्न नसक्नु पार्टीको ठूलो कमजोरी थियो।' उनको राजनीतिक  प्रतिवेदनले कांग्रेसलाई अब केवल इतिहासको गौरवमा बाँच्ने दल नभई वर्तमानको कार्यक्षमतामा खरो उत्रिनुपर्ने चेतावनी दिएको छ।

प्रस्तावमा उल्लेख गरिएको सबैभन्दा साहसिक पक्ष भनेको पार्टीको विगतप्रतिको 'आत्मालोचना क्षमायाचना' हो सरकारमा रहँदा भएका नीतिगत त्रुटि, सत्ता-केन्द्रित सहकार्य जनसरोकारका मुद्दामा भएको उदासीनताका कारण सिर्जित संकटप्रति थापाले आम जनतासँग विनम्रतापूर्वक क्षमायाचना गरेका छन्। जनताले अहिले कांग्रेसलाई साहसभन्दा बढी 'सम्झौता', आदर्शभन्दा बढी 'अवसरवाद' निष्ठाभन्दा बढी 'भ्रष्टाचार' सँग जोडेर हेर्न थालेको तीतो यथार्थलाई उहाँले प्रस्तावमार्फत पार्टी नेतृत्वसामु राख्नुभएको छ।

नेपालको जनसांख्यिक बनोट आर्थिक अवस्थालाई केलाउँदै थापाले ६५. प्रतिशत युवा जनसंख्याको भविष्य सुनिश्चित गर्न नसक्नुलाई राष्ट्रिय विफलता मानेका छन्। युवाहरू वैदेशिक रोजगारीमा पलायन हुनु देशभित्रै भविष्य देख्न नसक्नुमा राजनीतिक अस्थिरता 'कारोबारी राजनीति' जिम्मेवार रहेको उनको ठम्याइ छ।

पछिल्लो समय दुई ठूला दलहरू मिल्दा संसदीय राजनीतिमा सत्ता प्रतिपक्षको रेखा धमिलो भएको यसले भागबण्डाको राजनीतिलाई प्रश्रय दिएको दाबी प्रस्तावमा गरिएको छ। साथै, राज्यका हरेक निकायमा गरिएको 'अति-दलीयकरण'ले संस्थाहरूको क्षमता ह्रास भएको भन्दै थापाले यस प्रवृत्तिलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्।

आर्थिक रूपान्तरणका लागि रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई क्रमशः उत्पादन, कृषि प्रविधिमा आधारित आत्मनिर्भर अर्थतन्त्रमा लैजानुपर्ने मार्गचित्र थापाले कोरेका छन्। सहकारी, लघुवित्त मिटरब्याज जस्ता समस्याले निम्न वर्गलाई थला पारेको अवस्थामा कांग्रेसले अभिभावकीय भूमिका खेल्नुपर्ने उनको प्रस्ताव छ।

साथै, लोकरिझ्याई (पपुलिज्म)को राजनीतिलाई चिर्न नयाँ पुस्तासँग जोडिन कांग्रेसको डिजिटल संवाद शैलीलाई आधुनिक प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको

अन्त्यमा, महामन्त्री थापाले आगामी निर्वाचन अगाडि नै मुलुकमा सुशासन, शान्ति स्थिरताका लागि सबै राजनीतिक दलहरूबिच साझा 'राष्ट्रिय समझदारी' निर्माण गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने प्रस्ताव गर्नुभएको यो प्रस्तावले कांग्रेसका लागि अबको बाटो 'सच्चिने वा सकिने' बाटो मात्र रहेको प्रस्ट सन्देश दिएको छ। "हामी सच्चिन्छौँ, हामी बदलिन्छौँ हामी सक्छौँ" भन्ने संकल्पका साथ प्रस्तुत यो प्रस्तावले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्