नेभिगेशन
साहित्य

डा. मिश्रको ‘हिम्मत’ बजारमा

१७ वर्ष विदेश बसेपछि नेपालमै केही गर्नुपर्छ भन्ने निष्कर्षका साथ फर्किएकी मञ्जु मिश्रले नेपालमा पत्रकारितामा योगदान दिने उद्देश्यले कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन (सीजेएमसी) स्थापना गरिन् । यसको स्थापनापछि नै त्रिभुवन विश्वविद्यालय पनि जुर्मुरायो । उता काठमाडौं विश्वविद्यालयले पनि यसलाई महत्व दिएर पठनपाठन गराउन थाल्यो । यसरी सीजेएमसीको स्थापनापछि नेपालमा पत्रकारिता शिक्षाको नवजागरणका क्षेत्रमा भएका कार्यबारे डा. मिश्रले स्मरण लेखेकी छन् ।

‘हिम्मत’ शीर्षकको यो पुस्तकमा उनले पत्रकारिता शिक्षामा आफूले चालेका कीर्तिमानी पाइलाका बारेमा खुलेर लेखेकी छन् । 

पुस्तकमा उनले आफ्नो एकल जीवनले आफूले भोगेको र गरेको संघर्षको सफलताले आम नेपाली र खासगरी महिलालाई प्रेरणा दिने उनको विश्वास छ । पुस्तकलाई उनले इमान्दार दस्तावेज मानेकी छन् । कटु अनुभवलाई पनि उनले ज्यूँका त्यूँ राखेकी छन् । आफ्नो भोगाइ अभिलेखीकरण गर्ने र त्यसको मूल्यांकनका लागि इतिहासलाई जिम्मा लगाउनु यो पुस्तकको उद्देश्य रहेको उनले बताएकी छन् ।

पुस्तकलाई कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनले प्रकाशन गरेको छ । पुस्तकको मूल्य १२ सय रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्