नेभिगेशन
राजनीति

अनसनमा बस्दा बल प्रयोग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वले समानुपातिक सूचीमा पार्टीमा योगदान गरेका महिलालाई अवसर नदिएर नातावाद र कृपावादको आधारमा नाम पठाएको भन्दै नेतृ नानीमैया आचार्यले पार्टी कार्यालयमा आमरण अनसन बसेपछि उनीमाथि हातपात र बल प्रयोग गरिएको छ ।

केही दिनदेखि आचार्य अनसन बसिरहेकी थिइन् । उनलाई अन्य केही कार्यकर्ताहरुले पनि रिले अनसनमा साथ दिएका थिए । उता पार्टी नेतृत्वले भने अनसनमा बसेकामाथि प्रहरीसमेतले पटक–पटक हस्तक्षेप र बल प्रयोग गरेको आरोप नेतृ आचार्यले लगाएकी छन् । प्रहरी र लिङदेन पक्षसँग भएको महिला नेतृहरुको झडपमा केही महिला घाइतेसमेत भएको जनाइएको छ ।

महिला समूहको जायज मागलाई बेवास्ता गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले अनसन भाँड्न पटक–पटक हस्तक्षेप गरेको गुनासो आचार्यले पोखिन् ।

अनसनमा रहेका महिला नेतृहरुले सामानुपातिकमा पार्टी नेतृत्वले गरेको गलत व्यवहारका विरुद्ध आफूहरु अनसनमा बस्न बाध्य भएको न्यूज२४ लाई बताए । अनसनमा बसेकाहरुमाथि न्यूनतम मानवीय व्यवहारसमेत नगरेको भन्दै महिला नेतृहरुले पार्टी अध्यक्ष लिङदेनले राजनीतिक संस्कार प्रदर्शन नगरेकोमा आपत्ति जनाए ।

पार्टीले बुझाएको समानुपातिकको सूचीमा लामो समयदेखि पार्टीमा योगदान गरेका नेता कार्यकर्तालाई बेवास्ता गरिएको उनीहरुको आरोप छ । समानुपातिक सूचीमा भएका त्रुटिलाई तत्काल सुधार गर्न उनीहरुको माग छ । 

हाल नेतृ आचार्यलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारार्थ आकस्मिक कक्षमा भर्ना गरिएको उनी निकट कार्यकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
ओली किल्लामा बालेनको चुनौती

ओली किल्लामा बालेनको चुनौती

समानुपातिकतर्फ ८५ नाम फिर्ता

समानुपातिकतर्फ ८५ नाम फिर्ता

विशेष अधिवेशनको दोस्रो दिन

विशेष अधिवेशनको दोस्रो दिन