नेभिगेशन
मनोरञ्जन

यमले ल्याए एक साथ तीन गीत

लामो समयपछि गायक यम बराल बजारमा चल्ने किसिमका तीन गीत सार्वजनिक गरेका छन् । सोमबार उनले काठमाडौंस्थित क्युज् सिनेमाज्मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा संगीतकार/प्राध्यापक दीपक जंगम, अभिनेत्री दीपाश्री निरौला, पत्रकार ऋषि धमला लगायत गीत तथा भिडियोमा संलग्न प्राविधिक तथा कलाकारहरूको रोहवरमा गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतहरूमा राखी गौचनको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत ‘यो साँझ फेरि’, सञ्जय बरालको शब्द तथा विकास चौधरीको संगीत रहेको ‘जून र सुनको’ र ‘टेन्डर माया’ सार्वजनिक गरिएको थियो । यी तीन वटै गीतको भिडियो बनाउनेहरूलाई सो अवसरमा सम्मान गरिएको थियो ।

कार्यक्रममा ३५ वर्षदेखि गायक बरालले सुगम संगीतमा खर्चिएको ऊर्जाको स्मरण गरियो । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र दीपक जंगमले गायक बराललाई शुभकामना व्यक्त गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन