नेभिगेशन
मनोरञ्जन

टिकटक बन्यो फिफाको नं. १ प्लेटफर्म

टिकटकले फिफासँग एक सम्झौता मार्फत् विश्वव्यापी साझेदारी गरेको छ । यसले फिफाको आजसम्मकै रुचाइएको प्लेटफर्म बन्ने भएको छ । यस साझेदारी मार्फत फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज हुनेछ भने दृश्यबाहिरका कतिपय भिडियो र जानकारी तथा अन्तरक्रियात्मक अनुभवहरू हेर्न पाइनेछ ।

सन् २०२६ को अन्त्यसम्म कायम रहने यो साझेदारीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई डिजिटल माध्यमबाट अनुभव गर्ने नयाँ चरणको सुरुवात गरेको टिकटकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस सहकार्यले टिकटकलाई मौलिक सामग्रीको वृद्धिसँगै फिफा विश्वकप २०२६ को अझ व्यापक कभरेज प्रदान गर्न सक्षम बनाउने छ ।

यो साझेदारी फिफा महिला विश्वकप २०२३ का क्रममा टिकटक र फिफाबीच भएको सफल सहकार्यको निरन्तरता हो । यो हबमार्फत समर्थकहरूले ४८ टिम सहभागी हुने प्रतियोगितालाई जीवन्त बनाउने रोचक सामग्री, खेल टिकट तथा प्रसारणसम्बन्धी जानकारी, साथै कस्टम स्टिकर, फिल्टर र गेमिफिकेसनजस्ता सहभागितामूलक सुविधाहरू प्राप्त गर्नेछन् ।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले भने, ‘फिफाको लक्ष्य फिफा विश्वकप २०२६ को उत्साहलाई सम्भव भएसम्म धेरै समर्थकहरूसम्म लैजानु हो । प्रतियोगिताको प्रथम रुचाइएको प्लेटफर्मका रूपमा टिकटकलाई चयन गर्नु यो लक्ष्यलाई अघि बढाउने सबैभन्दा उपयुक्त माध्यम हो । यस सहकार्यले विश्वभरका अझ धेरै समर्थकहरूलाई फिफा विश्वकपसँग अभूतपूर्व रूपमा जोड्नेछ ।’

टिकटकका ग्लोबल हेड अफ कन्टेन्ट जेम्स स्टाफोर्डले भने, ‘पछिल्ला केही वर्षमा टिकटकमा फुटबलको विश्वव्यापी लोकप्रियता तीव्र रूपमा बढेको छ । फिफाको प्रथम रुचाइएको प्लेटफर्म बनेकोमा हामी उत्साहित छौँ, जहाँ समर्थकहरूले ९० मिनेटको खेलका अलावा पनि विशेष कन्टेन्ट र अभूतपूर्व क्रिएटर पहुँचमार्फत फिफा विश्वकप २०२६ को अनुभव लिन सक्नेछन् । टिकटक गेम प्लानले खेलप्रतिको उत्साहलाई हाम्रो खेल साझेदारहरूका लागि फलदायी व्यावसायिक परिणाममा रूपान्तरण गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
यमले ल्याए एक साथ तीन गीत

यमले ल्याए एक साथ तीन गीत

विजयको दोस्रो इनिङ

विजयको दोस्रो इनिङ