नेभिगेशन
राजनीति

खड्काले गरे विश्राम घोषणा

उदयपुरका कांग्रस नेता डा. नारायण खड्काले प्रतिनिधि सभाको आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । पार्टीका प्रमुख सचिवलाई पत्र पठाउँदै उनले यसपटक उम्मेदवारी नदिने घोषणा गरेका हुन् । पार्टीमा कृष्णप्रसाद भट्टराईका सहयोगी मानिने खड्का कांग्रेसका पुराना नेता हुन् । उदयपुर–१ क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका  उनको नाम यसपटक पनि एकल सिफारिस भएको थियो । २०६४, २०७०, २०७४ र २०७९ सालमा जित्दै आएका उनी योजवना आयोग उपाध्यक्ष र मन्त्री पनि भएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्