नेभिगेशन
राजनीति

रास्वपाको समानपातिक बन्दसूची सार्वजनिक, को को छन् समानुपातिक उम्मेदवार (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि बन्दसूची पेश गरेका दलको बन्दसूचीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

जससमध्ये रास्वपाले सार्वजनिक नामावली अनुसार खस आर्यतर्फको पहिलो नम्बरमा रमेश प्रसाईँको नाम रहेको छ, भने महिलातर्फ प्रतिभा रावलको नाम पहिलो नम्बरमा रहेको छ । यसअघि पुरुषतर्फ पहिलो नम्बरमा विपीन आचार्यको नाम रहेको थियो । 

पार्टीका सहमहामन्त्री समेत रहेका आचार्यले नाम फिर्ता लिने घोषणा गरेका थिए । त्यसैगरी दलित पुरुषतर्फ भने प्रकाशचन्द्र परियारको नाम रहेको छ भने उज्यालो नेपाल पार्टीबाट बन्दसूचीमा समेटिएकी रिमा विश्वकर्मा पहिलो नंवरमै छन् । 

दलिततर्फ यस अघि डा. रुपक घिमिरे विश्वकर्माको नाम पहिलो नम्बरमा रहेकोमा संशोधन गरेर पहिलो नम्बरमा विवेकशील साझा पार्टीका तत्कालीन उपाध्यक्ष समेत रहेका परियारको राखिएको हो ।

आदिवासी जनजातितर्फ भने राम लामाको नाम पहिलो नम्बरमा रहेको छ भने महिलातर्फ बसुमाया तामाङको नाम पहिलो नम्बरमा छ ।
उम्मेदवारहरुको सूची 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्