ललितपुर भदौ ८ – मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । मेरो भ्वाइस युनिभर्समा प्रथम गुरुङ र मेरो डान्स युनिभर्समा रिस्ता गुरुङ विजेता भएका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा इन्ट्रा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममार्फत विजेताहरूको घोषणा गरिएको हो । दुवै विजेताले रु १ करोड नगद, रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकट तथा अन्य पुरस्कारहरू प्राप्त गरेका छन् ।
कार्यक्रमका सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे तथा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले विजेताहरुलाई नगद, जीवन वीमा प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
मेरो डान्स युनिभर्स (सिजन–२)
विजेता: रिस्ता गुरुङ – रु १ करोड नगद + जीवन वीमा र अन्य पुरस्कार
फस्ट रनरअप: अमृता राई – रु २५ लाख + रु २० लाख बराबरको जीवन वीमा
सेकेन्ड रनरअप: सीतु महर्जन – रु १० लाख + रु १५ लाख बराबरको जीवन वीमा
थर्ड रनरअप: सुरज सिंजाली मगर – रु ६ लाख + रु १० लाख बराबरको जीवन वीमा
फोर्थ रनरअप: सुशना कोइराला – रु ५ लाख + रु १० लाख बराबरको जीवन वीमा
फिफ्थ रनरअप: साजन पाख्रिन तामाङ – रु ४ लाख + रु १० लाख बराबरको जीवन वीमा
मेरो भ्वाइस युनिभर्स (सिजन–२)
विजेता: प्रथम गुरुङ – रु १ करोड नगद + जीवन वीमा र अन्य पुरस्कार
फस्ट रनरअप: टोपराज तामाङ – रु २५ लाख + रु २० लाख बराबरको जीवन वीमा
सेकेन्ड रनरअप: जुनु प्रसाईँ – रु १० लाख + रु १५ लाख बराबरको जीवन वीमा
थर्ड रनरअप: वाङ्गे गुरुङ – रु ६ लाख + रु १० लाख बराबरको जीवन वीमा
फोर्थ रनरअप: प्रशान्त पोखरेल – रु ५ लाख + रु १० लाख बराबरको जीवन वीमा
फिफ्थ रनरअप: दीपराज राई – रु ४ लाख + रु १० लाख बराबरको जीवन वीमा
सामूहिक सांस्कृतिक नृत्य प्रतियोगिता
विजेता: भुटानी शरणार्थी डान्स ग्रुप – रु २५ लाख नगद + गिफ्ट ह्याम्पर
फस्ट रनरअप: मनास्लु वर्ल्ड कलेज – रु १५ लाख
सेकेन्ड रनरअप: युमा महारानी नृत्य समूह – रु १० लाख
थर्ड रनरअप: नेपाल प्रहरी – रु ५ लाख
फोर्थ रनरअप: तरेली सांस्कृतिक समूह – रु ३ लाख