नेभिगेशन
राजनीति

कसको कति उम्मेदवार

कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाले १६५ स्थान सबैमा उम्मेदवार उठाएका छन् । रास्वपाले १६४ स्थानमा उम्मेदवारी दिएको छ ।

एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले अगाडि सारेका उम्मेदवारमध्ये ५४.४४ प्रतिशत नयाँ अनुहार छन् । सबैभन्दा बढी कोशीमा ५३.५७ प्रतिशत छन् भने मधेस र सुदूरपश्चिममा ५०–५० प्रतिशत नयाँ छन् । कर्णालीमा ७५, बागमतीमा ६०.६०, गण्डकीमा ६१.११ र लुम्बिनीमा ४२.३० प्रतिशत नयाँले उम्मेदवारीको अवसर पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौं–८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको बताए । रास्वपामा करिब ८ प्रतिशत उम्मेदवार महिला छन् ।

झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा राना, मोरङ–५ आशा झा, मोरङ–६ मा रुबिना आचार्य, सुनसरी–१ मा सरिन तामाङ, कास्की–३ मा बिना गुरुङ, जुम्ला–१ मा बिनिता कठायत, हुम्ला–१ मा टासी लामा, कैलाली–१ मा कोमल ज्ञवाली, धादिङ–१ मा आशिका तामाङ, काठमाडौं–१ मा रञ्जु दर्शना, ललितपुर–३ मा तोसिमा कार्की र चितवन–३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी सप्तरी–१ पुष्पा चौधरी, महोत्तरी–४ गौरीकुमारी यादव र सर्लाही–१ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्