नेभिगेशन
मनोरञ्जन

तीन स्रष्टालाई तारादेवी सम्मान

सांगीतिक क्षेत्रका तीन स्रष्टालाई तारादेवी स्रष्टा सम्मान प्रदान गरिएको छ ।

नेपाली संगीतकी स्वर किन्नरी तारादेवी श्रेष्ठको २० औं पुण्य स्मृतिमा आयोजित ‘सम्झनामा तारादेवी स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम २०८२’ को अवसरमा आज गीतकार माधवप्रसाद खनाल ‘भावुक’, संगीतकार शिव शंकर मानन्धर र गायनमा संगीता राना प्रधानलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेलाई ताम्रपत्र, दोसल्लासहित जनही रु २५ हजार नगद प्रदान गरिएको छ । तारादेवी स्मृति प्रतिष्ठानको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहआयोजनामा सम्पन्न कार्यक्रममा तारादेवीले गाएका एक दर्जन बढी गीतहरू विभिन्न गायक–गायिकाले प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष दीपक केसीले तारादेवीको सम्मानमा सांगीतिक क्षेत्रका अग्रजलाई सम्मान गर्न र नयाँ पुस्तालाई प्रोत्साहन गर्न कार्यक्रमलाई बर्सेनि निरन्तरता दिँदै आएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
जोशीको एकल प्रदर्शनी

जोशीको एकल प्रदर्शनी

‘भूठान’ अमेजनमा

‘भूठान’ अमेजनमा