नेभिगेशन
राजनीति

रुपन्देही ५ मा केशव भट्टराई : युवा नेतृत्व, विधि शासन र जवाफदेही राजनीतिको प्रतिबद्धता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर–५ बाट युवा कानुन व्यवसायी तथा सामाजिक अभियन्ता केशव भट्टराई ले आफ्नो चुनावी अभियानलाई सक्रियता दिइरहेका छन् । उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका भट्टराईले विधि शासन, सुशासन, युवाको सहभागिता र परिणाममुखी राजनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए । लामो समयदेखि कानुन, शासन सुधार र युवामुखी अभियानमा सक्रिय रहँदै आएका भट्टराईले संसदलाई केवल शक्ति प्रदर्शनको थलो होइन, जनताको समस्याको समाधान गबर्ने संस्थागत मञ्च बनाउने प्रतिबद्धता व्यक्त गरे । 

“म मेरो सार्वजनिक सेवा र शासनसम्बन्धी दृष्टिकोणलाई जनताको सार्वभौम निर्णयअगाडि प्रस्तुत गर्दैछु,” उनले भने, “रुपन्देही–५ लाई समावेशी विकास, रोजगारी, शिक्षा र जवाफदेही प्रतिनिधित्वको उदाहरण बनाउने मेरो लक्ष्य हो ।”

उने आफु निर्वाति भएर संसदमा आए, स्थानीय मुद्दा, कृषकको समस्या, सीमा क्षेत्रका चुनौती, युवाको रोजगारी र सार्वजनिक सेवाको प्रभावकारिता आफ्नो प्राथमिक एजेन्डा हुने बताए । जनप्रतिनिधि भएपछि नियमित रूपमा मतदातासँग प्रत्यक्ष संवाद र जवाफदेहिता कायम गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।

स्थानीय बुद्धिजीवी, युवा र नागरिक समाजका प्रतिनिधिहरूले भट्टराईको उम्मेदवारीलाई नयाँ सोच र वैकल्पिक राजनीतिक अभ्यासतर्फको संकेतका रूपमा लिएका छन् । रुपन्देही–५ मा यसपटकको निर्वाचनलाई युवामुखी नेतृत्व र नीतिगत बहसको महत्वपूर्ण परीक्षा मानिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्