नेभिगेशन
राजनीति

नेत्रविक्रमले ल्याए घोषणापत्र

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरू हुनुपर्ने लगायत विषय समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  

पार्टीले आइतबार महासचिव चन्दको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरेको हो । शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिएको उक्त दलले पुँजीवादी, दलाल र साम्राज्यवादी नीति र संस्कृतिको अन्त्य गर्दै धनी र गरिबबीचको खाडल अन्त्यको संकल्प गरेको छ । महासचिव चन्दले शिक्षा र स्वास्थ्यलाई सर्वसुभल बनाउने र रोजगारीको सुनिश्चितता गर्ने, निजी क्षेत्रलाई आफूखुसी शुल्क तोकेर जथाभावी गर्न छुट दिन नहुने बताए ।  

कृषिलाई आत्मनिर्भर तथा विज्ञान र प्रविधिका क्षेत्रमा लगानी बढाउन र युवालाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए । व्यापार र लगानी बढाएर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता पार्टीले गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्