नेभिगेशन
राजनीति

केमा भोट हाल्ने भनी सोध्न नपाइने

झापा, माघ १९ । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ ?’ भनी प्रश्न सोधेर मतदाताको गोपनीयता भंग गर्न नपाइने स्मरण गराएको छ ।                

सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाईं र अञ्जन न्यौपानेले एक विज्ञप्ति जारी गर्दै केलाई भोट हाल्ने भन्ने प्रश्न सोधेर जानकारी सार्वजनिक गर्ने काम गोपनीयता भंग गर्ने काम भएकाले सो नगर्न आग्रह गरेका हुन् । केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग कुन दल, उम्मेदवार र निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकाले त्यसलाई रो क्न सार्वजनिक सूचना गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रसाईंले बताए ।                      

त्यसरी मतदाताको गोपनीयता भंग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघन हुनेसमेत प्रशासनले स्पष्ट पारेको छ । यदि कसैले अटेर गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानूनबमो जिम कारबाही प्रक्रिया अघि बढाइनेसमेत जिल्ला प्रशासनले जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्