नेभिगेशन
फोटो स्टोरी

काठमाडौंको फुटपाथे धरापमा जोखिमपूर्ण यात्रा

काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब ६० मानिसमध्ये २० लाख जतिले सवारी साधनमा यात्रा गर्छन् । करिब ४० लाख मानिस फुटपाथमा पैदल हिँड्ने हुन् ।

काठमाडौंमा जताततै फुटपाथ अतिक्रमित छ । भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन् । दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् । अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन ।

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ । यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ । साथै कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ । 

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी फुटपाथे धरापमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ ।

Footpath_NPL_-1756099578.jpg

Footpath_NPL_-(15)-1756099576.jpg

Footpath_NPL_-(14)-1756099570.jpg

Footpath_NPL_-(13)-1756099568.jpg

Footpath_NPL_-(12)-1756099564.jpg

Footpath_NPL_-(11)-1756099560.jpg

Footpath_NPL_-(10)-1756099558.jpg

Footpath_NPL_-(9)-1756099556.jpg

Footpath_NPL_-(8)-1756099550.jpg

Footpath_NPL_-(7)-1756099548.jpg

Footpath_NPL_-(6)-1756099540.jpg

Footpath_NPL_-(4)-1756099534.jpg

Footpath_NPL_-(3)-1756099532.jpg

Footpath_NPL_-(1)-1756099530.jpg

Footpath_NPL_-(2)-1756099530.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्