नेभिगेशन
राजनीति

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता गर्न स्वीकृति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । राष्ट्रियसभाको १७ औं अधिवेशनमा दर्ता भएको उक्त विधेयक हाल सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्