नेभिगेशन
राजनीति

एमालेका लागि ओली भावी प्रधानमन्त्री

काठमाडौ) । निर्वाचनमा भावी प्रधानमन्त्री घोषणा गरेर दलहरु दौडाहामा निस्कने परम्परा अनुसरण गर्दै एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे छ ।

पार्टीको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले यस्तो जानकारी दिएका हुन् । मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको उनले बताए । 

देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै नेपालको आर्थिक वृद्धि भइरहेको, समृद्धिको एकीकृत खाकाका साथ काम भइरहेको अवस्थामा अनेक पक्षहरू हावी भएर अघिल्लो सरकारलाई विस्थापन गर्ने स्थिति भएकाले जनताले यस कुरालाई मनन गर्ने विश्वास उनले व्यक्त गरे । सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको मुद्दाबारे चाँडै फैसला दिनुपर्नेमा पनि उनको जोड थियो ।

फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले सभापति गगन थापा र रास्वपाले बालेन्द्र साहलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावी मैदानमा छन् । दलहरु यतिबेला चुनाव घोषणापत्र ल्याउने तयारीमा छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्