नेभिगेशन
राजनीति

सुदूरपश्चिममा रविको गर्जनः ‘कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैँका लागि बन्द हुने उद्घोष गरेका छन् । धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको शुरुवात भएको बताए । लामिछानेले वर्षौंदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्र बनाएर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । 

जनतासँग पाँच वर्षको ‘कन्ट्रयाक्ट’ 
नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित कन्ट्रयाक्ट गरेको दाबी गर्दै उनले ५ वर्षको स्थायी सरकारको अपेक्षा गरे । वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैँ पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उनको भनाइ छ । भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टी मिलाएर भएपनि मतदान गर्न आउन आग्रह गरे । 

सिंहदरबार बनाउने मात्र नभइ बदल्ने गरी आफूहरु आएको जिकिर उनको छ । सिंहदरबारको संरचना मात्र नभई त्यहाँको कार्यशैली र नियत बदल्नुपर्ने आवश्यकता रहेको उनले औल्याए । पुराना दलहरूले डोजर लगाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको भन्दै ३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो भनी प्रतिप्रश्न उनले प्रतिप्रश्न गरेका छन् । 

भ्रष्टाचार र बेथिति आधा नभई पूर्ण रूपमा फाल्नका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई आह्वान गरेका छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्