नेभिगेशन
राजनीति

प्राध्यापक तथा शिक्षक कर्मचारी निर्वाचन प्रचारमा गए कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले शैक्षिक संस्थामा आवद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो आएको आयोगले जनाएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गरेर आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने जनाएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्