नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स बैंक र मेदान्त अस्पतालबीचको सम्झौता नवीकरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त द मेडिसिटि बीच बैंकका कार्डवाहक ग्राहकहरूलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । यसअघि यो छुट सुविधा केवल गुडगावँ स्थित मेदान्ता अस्पतालमा मात्र लागू हुँदै आएको थियो । नयाँ सम्झौतापछि भने उक्त सुविधा मेदान्ताका थप ६ अस्पतालहरूमा समेत विस्तार गरिएको बैंकले जनाएको छ । अब छुट सुविधा नोएडा, लखनउ, पटना, इन्दौर र राँची लगायतका मेदान्ता अस्पतालहरू तथा ५ मेडिक्लिनिकमा समेत उपलब्ध हुनेछ ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन्। ।बैंकका अनुसार यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचारका लागि जाने ग्राहकहरूले सरल र सुलभ रूपमा सेवा लिँदै आएका छन् । सम्झौता नवीकरणसँगै आगामी दिनमा पनि ग्राहकहरूलाई थप लाभ उपलब्ध गराउने विश्वास बैंकले व्यक्त गरेको छ । हालै विभिन्न नवीन सेवाहरू सञ्चालनमा ल्याएको छ । बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गरिसकेको बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ ।
त्यस्तै, नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म, फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ समेत सुरु गरिएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा, क्रस बैंक टेलर सुविधा लगायतका सेवाहरू समेत बैंकले उपलब्ध गराउँदै आएको छ । हाल बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ७६ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्