नेभिगेशन
राजनीति

नेपालको भूमिमा कुनै पनि बहानामा युद्ध र विनाशको छाया नपरोस् : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले विश्व राजनीतिको शक्तिको स्वार्थका कारण निर्दोष मानिसहरू र विशेषगरी श्रमका लागि त्यहाँ पुगेका लाखौं नेपालीहरू मारमा परेको भन्दै दुःख व्यक्त गरेका हुन् । 

आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले नेपालको भूमिमा कुनै पनि बहानामा युद्ध र विनाशको छाया पर्न नहुनेमा जोड दिएका छन् ।

ओलीले युद्ध कसैको चाहना नभए पनि शक्ति राष्ट्रहरूको स्वार्थका कारण देशहरू विवश हुनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपाली नागरिकहरू अहिले बेचैनी र त्रासमा रहेको भन्दै सबैलाई धैर्य र साहस राख्न अपिल गरेका छन् । यस्तो संकटपूर्ण घडीमा भावनामा बगेर भन्दा पनि विवेक र सजगताका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्