नेभिगेशन
अर्थतन्त्र

मोरङको विराटचोकमा कजारियाको नयाँ शोरूम

मोरङ । नेपालमा प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्येको एक कजारियाले मोरङको विराटचोकमा नयाँ शोरूम खोलेको छ । कजारियाले पूर्वीनेपालमा व्यवसाय विस्तार गर्ने उद्देश्यले विराटचोकमा पनि नयाँ शोरूम स्थापना गरी औपचारिक उद्घाटन गरेको हो ।
महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमबाट विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ । शोरूमको उद्घाटन कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालसहित सुन्दर हरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, धार्मिक गुरु दीनबहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ सरीशा श्रेष्ठको उपस्थिति थियो ।
उद्घाटन कार्यक्रममा अग्रवालले विराटचोकमा नयाँ शोरूम उद्घाटन गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । उनले यो शोरूमले केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकका लागि आधुनिक, आकर्षक र नवप्रवर्तनशील टायलका विकल्प अवलोकन गर्ने गन्तव्यका रूपमा काम गर्ने जानकारी दिए । ‘यहाँ गृहस्वामी, ठेकेदार र वास्तुकारहरूले परियोजनाका लागि उपयुक्त डिजाइन सहजै छनोट गर्न सक्नेछन् र आफ्नो सिर्जनात्मक विचारहरू जीवन्त बनाउन सक्नेछन्,’ उनले भने ।
सुन्दर हरैचा नगरपालिका प्रमुख गुरागाईंले कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थिति विराटचोक र आसपासका नगरपालिकामा रोजगारी र विकासका अवसर बढाउने बताए । उनले यो शोरूमले स्थानीय निर्माण मापदण्डलाई उच्च बनाउने र गुणस्तरीय उत्पादनहरू सजिलै उपलब्ध गराउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । 
त्यसैगरी, बेलबारी नगरपालिकाका प्रमुख राईले विराटचोक र वरिपरिका क्षेत्रमा तीव्ररूपमा विकास भइरहेकाले कजारियाजस्ता अन्तर्राष्ट्रिय स्तरका विश्वसनीय ब्रान्डको उपस्थितिले निर्माण व्यवसायी, गृहस्वामी र विकासकर्तालाई आधुनिक निर्माण आवश्यकता पूरा गर्न मद्दत गर्ने बताए ।
कजारिया रमेश टाइल्सले नेपालमा स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ ।
अहिले कजारियाले नेपालभरमा १०० भन्दा बढी शोरूमको सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल र सेरामिक वाल टायल समावेश छन् । यी टायल पानी तथा दाग प्रतिरोधी, बलियो, दिगो र आधुनिक डिजाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्