नेभिगेशन
अर्थतन्त्र

फोटोनका १४ वटा विद्युतीय सवारीसाधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएमवान विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । एम ए डब्लू वृद्धि कमर्सियल भेइकल्सअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो । 
टुगेडर टुवार्डस ग्रिनर फ्युचर नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ ।
 कम्पनीका अनुसार फोटोन टीएमवान विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्छ ।
एम ए डब्लू वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महŒवपूर्ण योगदान पु¥याउने बताए । उनले भने, ‘भाटभटेनीजस्तो लाखौं नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं । १४ वटा फोटोन टीएमवान विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो । नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युत्ीय सवारीसाधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो ।
त्यसैगरी, कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए । उनले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधनको प्रयोग गर्न प्रोत्साहित गर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्