नेभिगेशन
मनोरञ्जन

शाक्य र श्रेष्ठको एकल चित्रकला प्रदर्शनी हुँदै

काठमाडौँ । चित्रकार निखिल शाक्य र उदय चरण श्रेष्ठको एकल चित्रकला प्रदर्शनी हुँदैछ । उहाँहरू दुवै जनाको कला फरकफरक विषयमा प्रर्दशनी हुन लागेको हो । 
सिद्धार्थ आर्ट ग्यालरीमा श्रेष्ठको मार्च १३ गते कला प्रदर्शनी हुँदैछ भने, मार्च २० मा श्रेष्ठको चित्रकला प्रदर्शनी हुँदैछ । चित्रकार शाक्यले ‘जर्नी टु अ भिजिनरी आर्ट वल्र्ड’ विषयमा चित्रकला प्रर्दशनी हुने बताए । श्रेष्ठले ‘मुखाकृति’ विषयमा कला प्रदर्शनी हुने जानकारी दिए ।
शाक्यले चित्रकला एक शक्तिशाली ध्यान साधन भएको बताउँदै यसले आफूलाई रचनात्मक, ऊर्जा र विचारहरूलाई सन्तुलनमा राख्न मद्दत गर्ने धारणा राखे । कला प्रदर्शनीमा चित्रहरूमार्फत दर्शकले आध्यात्मिकी अनुभूति गर्ने उनले विश्वास व्यक्त गरे । 
श्रेष्ठको कला पनि आध्यात्मिक भावमा कोरिएका परम्परागत पौवा चित्र प्रदर्शनी गर्ने बताए । पौवा परम्परा बौद्ध धर्म संस्कृतिसँग जोडिएको हुनाले यसको प्रदर्शनीको महत्त्व रहेको उनले उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्