नेभिगेशन
उपत्यका

काठमाडौंमा ६५ प्रतिशतसम्म मत खसेको अनुमान, आजै मतगणना गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको र करिब ६०-६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए।

खसेको मतको यकिन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्