नेभिगेशन
मनोरञ्जन

‘माग्ने राजा’को हात भाँचियो !

ब्याटमिन्टन खेल्ने क्रममा लड्दा मंगलबार बिहान अभिनेता केदार घिमिरे हात भाँच्चिएको छ । दायाँ कुममा चोट लागेपछि उनी एभरेस्ट हस्पिटलमा उनको उपचार भएको थियो । उनको उपचार डा. सम्पूर्ण महर्जनले गरेका थिए ।

चार हप्तासम्म उनलाई भारी काम नगर्न चिकित्सकले सल्लाह दिएका छन् । यद्यपि यही बेला उनको फिल्मले राम्रो व्यापार गरेका कारण सिनेमा हलहरूको यात्रामा उनी निस्किरहेका छन् ।

सूत्रका अनुसार उनी अभिनित तथा ऋषि लामिछानेद्वारा निर्देशित फिल्म ‘माग्ने राजा’ले चार दिनमा तीन करोडभन्दा बढीको व्यापार गरेको छ । साताभरिमा पाँच करोडको व्यापार गर्ने अपेक्षा निर्माण समूहको छ ।

बिहीबारदेखि नयाँ फिल्म थपिने भएपछि फिल्मको व्यापार केही कम हुने आङ्कलन पनि गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्