नेभिगेशन
राजनीति

प्रारम्भिक मतगणनाले भ्रष्टाचारको अन्त्य गर्ने जिम्मेवारी रास्वपाको काँधमा आइरहेको छः उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको लागि सरकार छ भन्ने अनुभुति गराउने जिम्मेवारी रास्वपामा आइरहेको प्रतिक्रिया दिएका छन् ।

पार्टीकी काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेदवार रञ्जु न्यौपानेलाई बधाई ज्ञापन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर आएको भन्दै उनले अब मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै समृद्धि ल्याउनुपर्ने जिम्मेवारी समेत रास्वपाको काँधमा आइसकेको प्रतिक्रिया दिए ।

उनले देशभरका मतदातामा धन्यावाद समेत ज्ञापन गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्