नेभिगेशन
फोटो स्टोरी

उपत्यकामा दिनभरी झरी, सर्वसाधारणको दैनिकी समेत प्रभावित

उपत्यकाको तीनवटै जिल्लामा आज दिनभरी झरी परेको छ । झरी परेसँगै उपत्यकामा सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको छ ।

अहिले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

भोलि  देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Raining_-(12)-1756397073.jpg

Raining_-(10)-1756397061.jpg

Raining_-(13)-1756397034.jpg

Traffic-1756397034.jpg

Raining_-(6)-1756394282.jpg

Raining_-(7)-1756394278.jpg

Raining_-(2)-1756394156.jpg

Raining_-(5)-1756394151.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्