नेभिगेशन
फोटो स्टोरी

झरीमा रुझ्दै लगाए नारा, महानगरले सुनेन

काठमाडौं (संवाददाता)– आफूहरूलाई जबर्जस्ती विस्थापित गर्न खोजिएको भन्दै आन्दोलित कबाडी व्यवसायीले बिहीबार चौथो दिन पनि काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । 

वर्षामा भिज्दै भृकुटीमण्डपबाट कमलादीस्थित काठमाडौं महानगरपालिको कार्यालय अगाडि पुगेर उनीहरूले नाराबाजी गरेका छन् । राष्ट्रिय झण्डा बोकेका उनीहरूले सडकमा भिज्दै नारा लगाए । सर्वोच्च अदालतको आदेशविपरीत काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले ज्यादती गरिरहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । 

अदालतको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरूको माग छ । महानगरपालिकाले अव्यवस्थित कबाडी संकलन केन्द्रहरू हटाउन थालेपछि कबाड व्यवसायी रुष्ट छन् । उनीहरूको आरोप छ – महानगरले दर्ता, कर र व्यवस्थापनका नाममा जबर्जस्ती डिपो हटाउँदै आएको छ, तर वैकल्पिक व्यवस्था गरेको छैन । 

यसरी एकतर्फी निर्णय गर्दा हजारौं परिवारको रोजगारी संकटमा पर्ने उनीहरूको गुनासो छ । गत वर्षदेखि नै कबाडी व्यवसायी र महानगरबीच तनाव बढ्दै आएको हो । अदालतले तत्काल डिपो नहटाउन आदेश दिएको भए पनि महानगरले त्यसको बेवास्ता गर्दै आएको व्यवसायीको भनाइ छ । 

महानगरपालिकाले सडक छेउछाउ र सार्वजनिक स्थानमा अव्यवस्थितरूपमा सामान थुपारिएका डिपोले वातावरण प्रदूषण बढाएको र व्यवस्थापनमा समस्या देखाएको कारण हटाउनुपर्ने बताउँदै आएको छ । महानगरको वातावरण शाखाका अनुसार व्यवस्थित दर्ता र मापदण्डमा गएर मात्र व्यवसाय सञ्चालन गर्न दिने नीति छ । 

तर, व्यवसायीहरूले तत्काल वैकल्पिक स्थान नतोकी गरिएको कारबाही अमान्य रहेको तर्क गरेका छन् । उनीहरूले आफ्नो व्यवसायलाई दमन होइन, व्यवस्थित गर्ने खालको सहकार्य चाहिएको बताउँदै आएका छन् ।

Kawadi-Sanghko-protest_-(9)-1756432283.jpg

Kawadi-Sanghko-protest_-1756432283.jpg

Kawadi-Sanghko-protest_-(7)-1756432280.jpg

Kawadi-Sanghko-protest_-(8)-1756432280.jpg

Kawadi-Sanghko-protest_-(6)-1756432278.jpg

Kawadi-Sanghko-protest_-(5)-1756432278.jpg

Kawadi-Sanghko-protest_-(4)-1756432274.jpg

Kawadi-Sanghko-protest_-(3)-1756432274.jpg

Kawadi-Sanghko-protest_-(1)-1756432272.jpg

Kawadi-Sanghko-protest_-(2)-1756432272.jpg

तस्विर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
जन्मदर्ता गराउन आएका आमाहरु

जन्मदर्ता गराउन आएका आमाहरु

परिवारका साथ वालेन्द्र शाह

परिवारका साथ वालेन्द्र शाह

सुरुङ निर्माण गरिँदै

सुरुङ निर्माण गरिँदै

ग्याँस बोकेका सवारी साधन

ग्याँस बोकेका सवारी साधन