नेभिगेशन
राजनीति

राष्ट्रिय सभाका १८ सांसदले लिए सपथ

काठमाडौं  । राष्ट्रिय सभाका नवनिर्वाचित १८ जना सांसदले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सांसदहरूलाई सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सपथ गराएका हुन् । माथिल्लो सदनमा सांसदहरु गत माघ ११ मा सम्पन्न निर्वाचनबाट आएका हुन् ।
राष्ट्रिय सभामा आएकाहरुमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल, मधेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा छन् । वाग्मतीबाट गीता देवकोटा र प्रेम दंगाल छन् भने गण्डकीबाट जगत तिमिल्सिना र सम्झना देवकोटा छन् । लुम्बिनीबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी छन् । यस्तै कर्णालीबाट ललितजंग शाही र मिना रखाल छन् भने सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति