नेभिगेशन
राजनीति

राजीनामा नदिन सभापति थापालाई कांग्रेस केन्द्रीय सदस्यहरुको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले राजीनामा नदिन सुझाव दिएका छन् ।

शनिबार बिहान बालुवाटारमा सभापति थापासँग भेट गर्न पुगेका नेताहरूले वर्तमान परिस्थितिमा राजीनामा दिनु समाधान नभएको बताए । 

सभापतिलाई भेट्न सहमहामन्त्री प्रकाश रसाइली 'स्नेही', मधु आचार्य, अजबबाबु शिवाकाेटी, प्रमोद गुरागाईँ लगायतका नेताहरू बालुवाटार पुगेका थिए । 

भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा निर्वाचनको परिणाम तथा पार्टीभित्र हुने चुनावी समीक्षालगायतका विषयमा छलफल भएको केन्द्रीय सदस्य शिवाकोटीले जानकारी दिए । 
उनले सभापति थापालाई अहिले राजीनामा दिनु उपयुक्त नहुने सुझाव आफूहरूले दिएको बताए । 

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेपछि सभापति थापाले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिने संकेत गरेका थिए ।  तर उपसभापति विश्वप्रकाश शर्माले हतार नगर्न आग्रह गरेपछि उनको निर्णय अहिलेका लागि रोकिएको छ ।

निर्वाचन परिणामको समीक्षा गर्न पार्टीले छिट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति