नेभिगेशन
राजनीति

राष्ट्रियसभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गर्ने निर्णय लिएको हो ।

अर्याललाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ ३० गते गृहमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

अर्याल काठमाडौं महानगरपालिमा बालेन्द्र साह मेयर हुँदा कानुनी सल्लाहकार पनि थिए । कानुन व्यवसायी उनी वर्तमान अन्तरिम सरकार बनाउने काममा पनि लागेका थिए ।

यसअघि वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रियसभामा लाने चर्चा थियो । तर प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन खेलेको भूमिकाका आधारमा ओमप्रकाशलाई माथिल्लो सदनमा पठाउने निर्णय गरेकी हुन् ।

गत भदौ ३० गते अर्याल गृहमा, ऊर्जामा कुलमान घिसिङ र अर्थमा रामेश्वर खनाल नियुक्त भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै