नेभिगेशन
राजनीति

नेकपाले टुंग्यायो नौ समानुपातिक सांसदको नाम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका नौं सांसदको नाम टुंगो लगाएको छ । आइतबार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताको छलफलपछि नौं जनाको नाम टुङ्गो लगाइएको हो ।

प्रत्यक्षतर्फ आठ सिट जितेको नेकपाले समानुपातिकमा नौं सांसद पाएको थियो । जस अनुसार नेकपाले सबै क्लष्टर मिलाएर सांसद छानेको हो । जसलाई आइतबार नै निर्वाचन आयोगमा बुझाइएको छ । नेकपाले टुङ्गो लगाएका समानुपातिक सांसदहरुमा खसआर्यबाट प्रमेश हमाल छन् ।

यस्तै, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा मगर छन् । अपांगताबाट प्रेम बयकको नाम छानिएको छ । जोगकुमार बर्बरिया यादवलाई मधेसी समूहबाट, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारु समूहबाट निराशा चौधरी डगौराको नाम टुङ्गो लगाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै