नेभिगेशन
राजनीति

साहको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार आयोगको उम्मेदवार खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
साहले आयोगको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध उम्मेदवारी कायम गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । अदालतको आदेशसँगै अब निर्वाचन आयोगको निर्णय सदर भएको छ । साहको उम्मेदवारी रद्द भएपछि आयोगले  उक्त क्षेत्रमा नेकपाका मातृका यादवलाई निर्वाचितको प्रमाणपत्र दिइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति