नेभिगेशन
अर्थतन्त्र

कोकाकोलाको ‘मोमो फोमो’ अभियान

काठमाडौं । कोकाकोलाले ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभर चल्ने पहिलो कार्यक्रम हो । जसले नेपालीको मन पर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रूपमा मनाउन लागेको हो । मोमो यस्तो परिकार हो जसले सडक, घर र सहरका मानिसहरूलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ ।
अभियानको मुख्य आकर्षण एउटा नयाँ डिजिटल कार्यक्रम हो । जसले देशभर घुम्दै नेपालका सबैभन्दा लोकप्रिय मोमो पाइने स्थानहरू खोज्नेछ । सहरका चर्चित रेष्टुरेन्टदेखि लिएर टोल–छिमेकमा लुकेका तर, उत्कृष्ट मोमो पसलहरूसम्म पुग्ने, नेपालमा मोमोको समृद्ध संस्कृतिलाई चिनाउने र ती स्थानका विशेष स्वादहरू चाख्ने अवसर दिने तथा पसल सञ्चालन गर्ने उत्साही व्यवसायीसँग भेट्न र हरेक स्थानलाई विशेष बनाउनेलगायतका अनौठा कथाहरू पनि प्रस्तुत गरिनेछ ।
अभियानअन्तर्गत देशभरका उपभोक्ताले सहभागी हुने अवसर पाउनेछन् । अभियानका लागि बनाइएको विशेष माइक्रोसाइटमार्फत मानिसले मनपर्ने मोमो पसल खोज्न, मूल्यांकन गर्न र मोमो खाँदाका अनुभव व्यक्त गर्न सक्नेछन् । सहभागीले फोटो वा अनुभव अपलोड गर्न, रेस्टुरेन्टलाई रेटिङ गर्न र विभिन्न गतिविधिमा सहभागी हुन सक्नेछन्, जसबाट दैनिक, साप्ताहिक तथा विशेष पुरस्कार जित्ने मौका पनि हुनेछ । अभियानमा देशभरका २ सयभन्दा बढी मोमो पसल सहभागी हुनेछन् ।
‘मोमो फोमो’ले नेपालको सबैभन्दा प्रिय खानामध्ये एक मोमोको विषयमा राष्ट्रिय स्तरमा उत्साह सिर्जना गर्दै स्थानीय खानाका नयाँ स्वादहरू खोज्न, यसका नायकहरूलाई सम्मान गर्न र मोमो तथा कोकाकोलाको लोकप्रिय संयोजनको आनन्द लिन सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको छ । अभियानमार्फत कोकाकोलाले स्थानीय संस्कृतिको सम्मान गर्दै साझा खानाको अनुभवमार्फत मानिसलाई एकअर्कासँग जोड्ने प्रतिबद्धता दोहो-याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्